अमेरिका । आगामी मे २६ र २७ तारिखमा युनाइटेड नेप्लिज एशोसिएशन (युएनए)को तेश्रो सम्मेलनमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रियका पूर्वअध्यक्ष शेष घले तथा वहाकि जीवन संगिनी जमुना घले आउने भएका छन् ।
गत ३ वर्षदेखि सम्मेलन गर्दै आएको युएनएले यस पटक पनि अमेरिकाको टेक्सस ड्यालसमा गर्ने भएको छ । प्रथम सम्मेलन क्यालिफोर्नियामा गरेको थियो भने दोश्रो सम्मेलन टेक्ससको ड्यालस मै गरेको थियो ।
आगामी मे २६ र २७ तारिख मेमोरियल दिवसको अवसरमा दुई दिने सम्मेलन गर्ने भएको जानकारी युनाइटेड नेप्लिज एशोसिएशन (युएनए) संस्थापक पासांग लामाले दिएका छन् ।
यस पटक टेक्सस दोहोरिएता पनि अर्को वर्ष न्यू योर्कमा हुने बताए । लामाले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायत केहि सांसद पनि आउने जानकारी दिएका छन् ।