एनआरएन अमेरिकाको आगामी निर्वाचनमा सञ्चारकर्मी दिक्षा बस्नेतले महिला संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
सन २०१५ देखि एनआरएनको हरेक गतिबिधिमा नजिक रहेर काम गर्नुभएकी बस्नेत अव अनुभवका आधारमा महिला संयोजकको लागि तयार हुनुभएको हो । ‘अनुभवको आधारमा अव महिला संयोजकका लागि तयार भएको छु, एनआरएन अमेरिकालाई सवैको मनमनमा रहने संस्था बनाउन लाग्ने अठोटसहित उम्मेदवारी दिने निर्णय गरेको हो,’ जनताटाइम्ससँग बस्नेतले भन्नुभयो ।
नेपालमा रहँदादेखि नै समाज सेवामा सकृय रहेको र भोलिका दिनमा सामाजिक सेवामा नै आफुलाई समर्पित गराउने योजनका साथ आसन्न चुनावमा आफ्नो उम्मेदवारी रहेको जानकारी बस्नेतले गराउनु भयो ।
‘घरेलु हिंसा, बलात्कार, छौपडि, बोक्सि, दाइजो, आमाको नामबाट नागरिकता जस्ता महिलाका कठिन बिषयमा लगातार कलम चलाई रहदा एक दशक बितेछ, तर परिवर्तन के भयो ? अव अगुवाका रुपमा समाजमा यी कुराहरुप्रति सचेतना ल्याउने काम गर्नेछु,’ बस्नेतले भन्नुभयो । अमेरिकामा रहे पनि बिगत ५ बर्ष देखि बस्नेतले नेपालका हरेक गतिबिधिसँग नजिक रहेर नियाली रहनुभएको छ ।
यसैगरी अमेरिकामा रहेका महिलाहरुको समस्या समाधान र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने काममा तल्लिन हुनुहुन्छ ।