काठमाडौँ, ११ पुस । एकीकृत नेकपा (माओवादी)ले चीनका नेता एवम् विचारक माओ त्से तुङको १२१ औँ जन्मदिनको अवसरमा एक सन्देश प्रकाशित गरी संसारभरका क्रान्तिकारी एकजुट हुनुको विकल्प नभएको बताएको छ ।
सो पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आज एक शुभकामना सन्देश प्रकाशित गरी चीनका नेता माओले अगाडि सारेको विचार र क्रान्तिको सिद्धान्त नै विश्व जगतका लागि प्रेरणाको स्रोत भएको बताउनुभएको छ ।
अध्यक्ष दाहालको सन्देशमा भनिएको छ ‘‘विश्वमा देखापरेको पछिल्लो आर्थिक मन्दी र बहुध्रुवीय विश्वतर्फ साम्राज्यवादी विश्व व्यवस्थाको ओरालो यात्राले माओले आजभन्दा पैसट्ठी वर्ष पहिले गर्नु भएको संश्लेषण कति सटिक र दुरदर्शी थियो भन्ने प्रमाणित हुन्छ ।’’
छिमेकी चीनको हुनान प्रान्तको साओसानमा आजकै मितिमा अर्थात् सन् १९९३ डिसेम्बर २६ मा माओ–त्से तुङको जन्म भएको थियो । माओ चिनियाँ कम्युनिस्ट पार्टीका स्थापकमध्ये एक हुनुहुथ्यो । उहाँ चीनको विश्व चर्चित लम्बे अभियान, जापान विरोधी युद्घ (१९३७–४५) र मुक्ति युद्घ (सन् १९४६–४९) का नेता एवम् नयाँ जनवादी चीनका संस्थापक हुनुहुन्थ्यो । रासस