काठमाण्डौ- कांग्रेस भित्रको विवाद सुल्झियसंगै कांग्रेसका तर्फबाट सरकारमा जाने नेताहरुको नाम सार्वजनिक भएको छ ।कृष्णप्रसाद सिटौलाका तर्फबाट गगन थापाले शहरी विकास मन्त्रालय सम्हाल्ने भएक छन् । सभापतिले बालकृष्ण खाड रक्षा ,परराष्ट्रमा प्रकाससरण महत , शिक्षामा अर्जुन नरसिंह केसी र पर्यटनमा जीवनबहादुर शाहीको नाम पठाउने निश्चीत भएको छ ।
पौडेल पक्षलाई ५ मन्त्रालय दिने सहमती गरेका सभापति देउवाले आज सो पक्षबाट मन्त्रीको नाम आजै आए आज साझ सम्ममा प्रधानमन्त्रीलाई आफ्नो तर्फबाट मन्त्री बन्नेको नाम पठाउने तयारी छ ।
काग्रेसले मन्त्री बन्नेको नामावली प्रधानमन्त्रीलाई बुझाएपनि उनीहरुको सपथ ग्रहण भने भोली मात्रै गरिनेछ । आज सार्वजनिक बिदा परेको र अपरान्हसम्ममा मन्त्रीहरुको टुंगो नलागेका कारण सपथ भने भोली बिहान ९ बजेपछि गर्ने शीतल निवास स्रोतले जनाएको छ ।