प्रचण्ड सरकार मुर्दावाद भन्दै नाराबाजी

राजनीति

३,पुस । संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग गर्दै नेकपा एमालेले आह्वान गरेको आमहड्तालको तेस्रो दिन आइतबार विहानैदेखी भैरहवामा प्रदर्शन भएको छ ।

बन्द हड्ताल आयोजक एमालेका नेता कार्यकर्ताले प्रचण्ड सरकार मुर्दाबाद, ५ नम्बर प्रदेश टुक्राउन पाइदैन, हिमाल पहाड तराई कोहि छैन पराई भन्दै नाराबाजी गर्दै सडकमा ओर्लिएका हुन् ।

आइतबार विहान सम्म भैरहवाको चौंकचौकमा अभिएर बन्द गरिरहेका एमाले नेता कार्यकर्ताले विहान १० बजेपछि भैरहवाको मुख्य बजारहरु परिक्रमा गदै नाराबाजी गरेका थिए ।

एमाले नेताहरु पुस्पान्जली उपाध्यय,राजेन्द्र प्रसाद पन्थि, भरत कुमार पोखरेल, हरि अधिकारी, हितराज पन्थि, जिवलाल अर्याल, उमा काफ्ले, पम्फावतिखनाल, धुब्र अधिकारी, धर्मराज गिरी, चक्र बहादुर थापा, रामबहादुर श्रेष्ठ, थानेश्वर पौडेल, रामबहादुर बस्नेत, इन्द्रजीत यादव, फणिन्द्र कुवंर, उमेश लाटोमगर, चन्द्र बहादुर थापा, नरेन्द्र भण्डारी, लक्ष्मी केसी, सुर्वणा कुवंर, अरुण पन्थी, कुमार गुरुंग लगायतले आन्दोलनको नेतृत्व गरिरहेका छन् ।

Post Comment