नेपाली कांग्रेस कि नेत्री सुजता कोईरालाले फेसबुक मार्फत आफ्ना शुभेच्छुक हरुलाई धन्यवाद दिदै आफु चाँडै नै सार्वजनिक जीवनमा फर्किने घोषणा गरेकी छिन ।
***
समस्त शुभ चिन्तकहरुमा जय नेपाल
पहिलो स्टेजको ब्रेस्ट क्यान्सरको उपचार क्रममा म्यासेक्टोमी पश्चात विभिन्न टेस्टहरुको क्रममा मेरो ओभरीमा पनि क्यान्सरस सिस्ट देखापरेको थियो ।
भर्खरै मात्र दोस्रो अपरेशनमार्फत यसको पनि सफल उपचार भएको छ ।
भगवानको आशिर्वाद र यहाँहरुको शुभेच्छाले गर्दा हाल म क्यान्सरमुक्त छु र विस्तारै मेरो स्वास्थ्यमा सुधार आउँदैछ । चाँडै नै म मेरो सार्वजनिक जीवनमा फर्किनेछु ।
तपाईंहरुको सदभाव तथा शुभेच्छाले मेरो स्वास्थ्य सुधारमा निक्कै मद्दत पुगेको छ । यसका लागि यहाँहरुप्रति म सदैव आभारी रहनेछु ।
जय नेपाल
***