प्रचण्ड र ओली नजिकिएपछी देउवा त्रसित

राजनीति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीचको साँठगाँठ देखेर सत्तारुढ दल काँग्रेस सभपति शेरबहादुर देउवा सशंकित बनेका छन्।

संविधान संशोधन प्रस्तावलाई लिएर पानी बाराबारको स्थितिमा रहेको प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीको सम्बन्ध एक्कासी सामिप्यतामा परिणत हुन थालेपछि देउवा सशंकित बनेका छन्।

०७४ माघ ७ गतेभित्रै तीत वटै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता छ, त्यस अनुसार यही चैत्रभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्नेथियो, तर चैत्रको समय घर्किसकेको छ। यही विषयलाई लिएर एमाले शीर्ष नेताहरुले प्रधानमन्त्रीलाई चुनाव विरोधीको संज्ञा दिएर थुप्रै ठाउँमा सार्वजनिक भाषणा समेत दिएका थिए।

शुक्रबार नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवम् पूर्व उपप्रधानमन्त्री नाराणकाजि श्रेष्ठको ललितपुरको हरिसिद्धिस्थित् निवासमा प्रधानमन्त्री दाहाल र एमाल् अध्यक्ष ओलीवीच करिब पौने दुई घण्टै आन्तरिक छलफल भएको थियो। दुई नेताहरुवीच धेरैपछि सौहार्दपूर्ण वातावरणमा छलफल भएको थियो। यतिसम्म कि चुनावको मिति घोषणा गर्नुहोस्, केही तलमाथि परे आफ्नो पार्टीले सरकारलाई काँध थाप्ने समेतको आश्वासन ओलीले दाहाललाई दिएको स्रोतको दाबी छ।

दुई नेताहरुवीच असन्तुष्ट मधेशी मोर्चालाईपनि साथमै लिएर निर्वाचनमा कसरी जान सकिन्छ भन्नेबारेमापनि छलफल भएको थियो। प्रधानमन्त्री दाहालले आफू चुनावको मिति घोषणा गर्ने तयारीमा रहेकोले निर्धक्क रुपमा सरकार चुनावी कार्यमा होमिने विश्वास दिलाएका थिए। तर ओलीले तत्काल सकिन्छ भने बैशाखको पहिलोहप्तादेखि चुनाव गर्नेगरि मिति घोषणा गर्न सुझाए।

यी दुई नेताहरुको भेटवार्ता कुनै तयारीका साथ नभएको सूत्रहरुको दाबी छ। सत्तारुढ दल काँग्रेस र नेकपा माओवादी केन्द्रवीच नेपाल प्रहरीको २५ औं आईजीपी कसलाई बनाउने भन्नेबारेको विवादले उत्कर्ष रुप लिँदै गर्दा एक्कासी प्रधानमन्त्री दाहाल र ओलीवीच गोप्य भेटवार्ता भएको हो। भेटमा ओलीले प्रहरी प्रमुख बनाउँदा वरियताक्रम नमिच्न सुझाए। जवाफमा दाहालले आफूपनि त्यही अडानमा रहेको जनाउँदै देउवाले यसमा सहयोग नगरेको भन्दै गुनासो पोखेका थिए।

तर एमाले अध्यक्ष ओलीले वरियताक्रम नमिच्न आग्रह गर्दै केही तलमाथि परे आफ्नो पार्टीले सरकारको काँध थाप्ने समेतको आश्वासन दिलाए।
दुई नेताहरुको भेटवार्तापछि देउवा भने सशंकित बनेका छन्। संविधान संशोधन र चुनाव गर्न गठन भएको प्रचण्ड सरकार फेरि आईजीपी काण्डले परिवर्तन हुन लागेको भनेर धेरैले चर्चा गरिरहेको बेला देउवा भने प्रचण्ड ओली गठबन्धन देखेर तर्सिएका छन्। बैशाखबाट देउवा प्रधानमन्त्री बन्नेगरि काँग्रेस र माओवादी केन्द्रविच भद्र सहमति बनेको छ, अब त्यो कार्यान्वयन हुनेमा देउवालाई शंका छ।

Post Comment