‘मधेशलाई छोडेर मुलुकमा कुनै पनि निर्वाचन सम्भव छैन ’

‘मधेशलाई छोडेर मुलुकमा कुनै पनि निर्वाचन सम्भव छैन ’
राजनीति

मधेशी मोर्चाका शीर्ष नेता राजेन्द्र महतोले सरकारसंग नयाँ सम्झौता गरी नयाँ षडयन्त्रमा नफस्ने स्पष्ट पारेका छन् ।

सर्लाहीको मलंगवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले निर्वाचन सफल बनाउन मधेशलाई साथमा लिएर अगाडि बढ्न संविधान संशोधन आवश्यक रहेको बताएका हुन्।

उनले निर्वाचनका लागि सम्झौता गरी नयाँ षडयन्त्रमा आफूहरु नफस्ने बताउँदै भने,‘अब कुनै पनि जालझेलमा फस्दैनौ, पटक–पटक सम्झौतारसहमति गर्ने तर कार्यान्वयन नहुँदा विश्वासको ठूलो संकट पैदा भएको छ ।’ आन्दोलनलाई तुहाउन, रोक्न, कमजोर गर्न तीन दल नयाँ सम्झौताको प्रस्ताव गरेको महतोले अरोप लगाए ।

सरकारले संविधान संशोधन नगरी सहमतिका लागि आयोग बनाएर समस्या समधान गर्ने गरेको प्रस्तावमा मोर्चा नअल्झिने महतोले जिकिर गरे । विगतका सम्झौता कार्यान्वय भए मात्र नयाँ सम्झौता हुन सक्छ, महतोले भने,‘मधेशलाई छोडेर मुलुकमा कुनै पनि निर्वाचन सम्भव छैन ।’

Post Comment