युक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध मधेसी दलमा स्थानिय चुनावमा एक भएर जाने छलफल सुरु भएको छ । बाहिर चुनावको विरोध गरिरहेका मोर्चामा अध्यक्षहरूले मोर्चाको एउटै दल र एउटै झण्डा बनाउने प्रस्ताव गरेका छन् । मधेसवादी दलहरू विभाजित भएकै कारण मधेसी समुदाय अधिकारबाट वञ्चित भएको उनीहरूको निष्कर्ष छ ।
दुईदिनअघि भएको बैठकमा पार्टी एकताका विषयमा छलफल औपचारीक प्रस्ताव पेश भएको छ । एकताका लागि कार्यदल पनि बनाइएको छ । मधेसी जनअधिकार फोरम गणतान्त्रिकले एकताका लागि औपचारीक प्रस्ताव गरेकोमा अरु दल पनि सहमत भएका छन् । तर नयाँ शक्तिसँग एकता गर्ने तयारीमा रहेका संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने तत्काल पार्टी एकता अस्वीकार गरेका छन् । उनले कार्यगत एकतामा जोड दिएका छन् ।
मोर्चाका नेता महेन्द्र यादवले भने एकतामा दलहरु अघि बढीसकेको जानकारी दिए । उनले भने, ‘विगतमा मसहित अन्य मधेसी नेताहरूबाट भएको गल्ती बिर्सेर अब पार्टी एकता गर्नुपर्ने आवश्यकता छ ।’
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पार्टी एकताका लागि आफू तयार रहेको बताएका छन् । उनले गजेन्द्रनारायण सिंहको चाहाना अ पछ्याउनु पर्ने बताएका छन् । हिजो एउटा मात्रै पार्टी थियो’ उनले भने, ‘जे–जस्तो भए पनि अब पार्टी एकताका लागि म तयार छु ।’ मोर्चामा कसको नेतृत्वमा पार्टी एकता गर्ने भन्नेमा भने दलहरु एकमत हुन सकेका छैनन । तमलोपाका अध्यक्षको नेतृत्वमा गर्ने वा आलो पालो नेतृत्व गर्ने भन्नेमा कार्यदलले तय गर्नेछ । उपेन्द्र यादव एकतामा नआएपनि अरु दलबीच एकता गर्नेमा उनीहरुबीच सहमति भइसकेको छ ।