मोर्चा नआएपनि गच्छदार चुनाव जाने

मोर्चा नआएपनि गच्छदार चुनाव जाने
राजनीति

मधेसी जनअधिकार फोरम लोकतान्त्रिक स्थानिय चुनावा जाने भएको छ । अध्यक्ष विजयकुमार गच्छदारले फोरम लोकतान्त्रिक स्थानिय तहको चुनावमा भाग लिने जानकारी दिए । उनले चुनावलाई रणनीतिक रुपमा सदुपयोग गर्ने र जनमतको कदर गर्ने बताए ।

लोकतान्त्रिकका अध्यक्ष गच्छदारले मधेसी मोर्चामा रहेका दलहरु चुनावमा गए वा नगएपनि फोरम लोकतान्त्रिक चुनावमा भाग लिने बताए । तर, संविधान संसोधन गरेर मधेसको मुद्दा समाधान गर्नुपर्नेमा आफ्नो अडान कायम रहेको पनि उनले बतए ।

उनले भने, हाम्रो पार्टीले स्थानीय तहको निर्वाचनको सदुपयोग गर्छ, अब कुनै भ्रम र अफवाहको पछाडि नदौडी निर्वाचनको तयारीमा जोडतोडका साथ लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्छु। अध्यक्ष गच्छदारले संविधान संशोधनका लागि अझै पनि समय रहेको भन्दै निर्वाचनलाई सार्थक बनाउन असन्तुष्ट पक्षलाई पनि सहभागी बनाउनुपर्नेमा जोड दिए। अहिलेको परिस्थितिमा आफू सरकारमा सहभागी नहुने समेत उनले प्रष्ट पारे।

Post Comment