प्रधानमन्त्रीको भारत भ्रमणको औचित्य नभएको थापाको भनाई

समाचार

काठमान्डौ ,भदौ २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीको भारत भ्रमणको राजनीतिक औचित्य र आवश्यकता नरहेको बताउनु भएको छ ।

मिडिया नेपाल बाँकेले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व परराष्ट्रमन्त्री समेत रहनु भएका थापाले यस्तको बताउनु भएको हो ।

उहाँले सरकार परिवर्तन भएको एक महिना भित्रैमा र पूर्व प्रधानमन्त्रीले भारत भ्रमण गरेको छ महिना पनि नपुग्दै हुन लागेको भारत भ्रमणको औचित्य नरहेको बताउनु भएको हो ।

उहाँले प्रधानमन्त्री प्रचण्डको यो भ्रमणलाई आफूले राजदूत नियुक्त भएपछि ओहदाको प्रमाणपत्र प्रस्तुत गर्न सरकार प्रमुख कहाँ जाने चलन जस्तै भएको बताउनु भएको छ ।