संशोधन अगाडि बढाउने कांग्रेसको निर्णय

राजनीति

प्रमुख दल नेपाली कांग्रेसले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सबैको सहमतिमा परिमार्जन गरी अगाडि बढाउनुपर्ने निश्कर्ष निकालेको छ ।

आज विहान बसेको पार्टीको संसदीय दलको बैठकले तोकिएकै मिति बैशाख ३१ गते नै चुनाव गराउन मधेसी मोर्चालाई पनि सहमतिमा लिएर जानुपर्ने निश्कर्ष निकालेको छ ।

त्यस्तै बैठकले संशोधन प्रस्ताव परिमार्जनसहित अगाडि बढाउनु पर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । बैठकमा बोल्दै पार्टी सभापति शेरबहादुर देउवाले तोकिएको समयमै स्थानीय तहको निवार्चन हुने र कुनै शंका नराखी निर्वाचनको तयारी थाल्नु पर्ने बताएको थिए।

त्यस्तै बैठकले स्थानीय निर्वाचनको लागि घोषणा पत्र केही दिनमै प्रकाशन गर्ने निर्णय पनि गरेको छ।

Post Comment