स्थानिय निकाय निर्वाचन : माओवादी केन्द्रले खाता खोल्यो

स्थानिय निकाय निर्वाचन : माओवादी केन्द्रले खाता खोल्यो
राजनीति

माओवादी केन्द्रले रुकुम जिल्लाका दुई वटा वडाबाट विजयी सुरुवात गरेको छ । बाँफिकोट गाउँपालिका १ र सानीभेरी गाउँपालिका १ मा माओवादीका उम्मेदवारहरु विजयी भएका छन् ।

बाँफिकोट गाउँपालिका १ मा नेपाली कांग्रेस, नेकपा एमाले र नयाँ शक्तिको संयुक्त प्यानललाई हराउँदै माओवादी केन्द्रले विजयी सुरुवात गरेको हो । संयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार कर्णवहादुर मल्ललाई ५० मतले पराजित गर्दै माआवादी केन्द्रका हर्कु मल्ल वडा अध्यक्षमा विजयी भएका हुन् ।

कुल ४ सय ४४ मत खेसकामा हुर्क मल्लले २ सय १८ मत प्राप्त गर्दा संयुक्त प्यानलका कर्णवहादुर मल्लले १ सय ६८ मत प्राप्त गरे । महिला सदस्य बाहेक अन्य सबै पदमा माओवादी केन्द्र विजयी भएको हो । विजयी मध्ये दलित महिला सदस्यमा बुदि कामी, अन्य सदस्यमा काले कामी र बलवहादुर जैसी रहेका छन् ।

महिला सदस्यमा भने यसअघि नै नेपाली कांग्रेसकी तुली गिरी निर्विरोध निर्वाचित भएकी थिइन ।

त्यस्तै सानीभेरी गाउँपालिका १ मा नेकपा माओवादी केन्द्रका टेकवहादुर पुन विजयी भएका छन् । कुल ६ सय ७२ मत खसेकामा माओवादी केन्द्रका पुनले ४ सय ४८ मत प्राप्त गरे भने नेपाली कांग्रेसका खलवहादुर पुनले १ सय ७२ र एमालेका मदन पुनले ८ मत प्राप्त गरे । उक्त वडामा ८ मत बदर भएको छ ।

मुसिकोट नगरपालिकामा नेपाली कांग्रेस अगाडि देखिएको छ । ८ सय १ मत गणना सकिँदा नेपाली कांग्रेसकातर्फबाट नगर मेयरका उम्मेदवार महेन्द्र केसी ३ सय ९७ मतका साथ पहिलो स्थानमा रहेका छन् ।

दोस्रो स्थानमा रहेका माओवादी केन्द्रका देविलाल गौतमले २ सय २७ तथा तेस्रो स्थानमा रहेका एमालेका विमलकुमार पुनले ९६ मत पाएका छन् । मुसिकोट नगरापालिका १ र २ को मतगणना चलिरहेको छ ।

जिल्लाका मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका र बाँफिकोट गाउँपालिकामा मतगणना सुरु भएको छ ।

Post Comment