पोखरामा केपि ओलीले भने :सरकार राजपाबाटै नियन्त्रित र निर्देशित छ

पोखरामा केपि  ओलीले भने :सरकार राजपाबाटै नियन्त्रित र निर्देशित छ
राजनीति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार राष्ट्रिय जनता पार्टी (राजपा) बाट नियन्त्रित र निर्देशित रहेको आरोप लगाएका छन् । प्रतिपक्ष एमाले भने अहिले सरकार जस्तो भएको दाबी गरे ।

प्रेस चौतारी कास्कीले आइतबार विहान पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रको वर्तमान गठबन्धन सरकार राजपाबाटै सञ्चालित भएको आरोप लगाए ।

सरकारलाई हात्ती र राजपालाई माउतेको संज्ञा दिँदै ओलीले भने, ‘हेर्दा हात्ती ठूलो हुन्छ तर, माउतेले हात्तीलाई नियन्त्रणमा राखेर काम गराउँछ । वर्तमान सरकार (हात्ती) र राजपा (माउते) जस्तै हो, यो राजपाबाटै नियन्त्रित र निर्देशित सरकार हो ।’

पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले राजपालाई देखाएर कांग्रेस–माओवादी केन्द्रले निर्वाचन टार्ने प्रयास गरिरहेको आरोप लगाए ।

सरकार र सरकारबादी दलहरुले जेठ ३१ गतेको निर्वाचन सार्ने र टार्ने काम गरिरहेको भन्दै उनले भने,‘राजपालाई भन्न लगाउने अनि कांग्रेस–माओवादीले गर्ने काम भइरहेको छ । सरकार र सरकारवादी दलहरुले सकेसम्म जेठ ३१ गतेको निर्वाचन नगर्ने र नगराउनेतिर लागिरहेको छ ।’

Post Comment