उपप्रधान एवंम संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छेदारले तेस्रो चरणको मिति घोषणा गरेर भएपनि आन्दोलनरत दल राजपालाई निर्वाचनमा सहभागी गराउनुपर्ने बताएका छन् ।
बुधबार बिराटनगरमा पत्रकारहरुसँग कुरा गर्दे मन्त्री गच्छदारले सार्थक निर्वाचनका लागि ११ वटा जिल्लामा तेस्रो चरणको मिति घोषणा गरेर भएपनि अन्दोलनरत राजपालाई निर्वाचनमा सहभागी गराउनुपर्ने बताएका हुन् ।
फोरम लोकतान्त्रिक पार्टीका अध्यक्ष समेत रहेका मन्त्री गच्छदारले दोस्रो चरणमा ४२ वटा जिल्लामा १४ असारमा स्थानीय तहको निर्वाचन भैरहेकोमा मधेश प्रभावित ११ जिल्लामा तेस्रो चरणमा निर्वाचन गराउनुपर्ने बताएका हुन् । गच्छदारले संविधान संशोधनको माग गर्दै आन्दोलनरत रहेका राष्ट्रिय जनता पार्टीका नेताहरुसँग सरकारले अन्तिम वार्ता गरिरहेकोले चाँडै समस्या समाधान हुने दाबी गरे ।