काठमाडौं, ९ असोज । लुक्ला बिमानस्थलबाट बिरामी लिन जुविङ गएको माउन्टेन एयरको हेलिकप्टर ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।
जुभिङ ५ बुक्सामा बिरामी लिएर उड्ने क्रममा जमिन छाडेको केही सेकेण्डमै इन्जिन बन्द भएपछि पाइलट सुरेश थापाले आकस्मीक रुपमा हेलिकप्टरलाई सोही हेलीप्याडमा अवतरण गराएको माउन्टेन एयरले जानकारी दिएको छ ।
अवतरणको क्रममा हेलिकप्टरको अगाडिको भाग जमिनमा ठोक्किएर क्षति पुगेको तापनि हेलिकप्टरमा पाइलट र पाँच जना यात्रुहरु सकुशल रहेका छन् ।
जुविङ–५ का जसबहादुर राई भीरबाट लडेर गम्भीर घाइते भएपछि उनलाई लिन आएको माउण्टेन एयरको नाइन एन अल्फा लिमा क्युबिक कल साइन बिहान करिब ७ बजेतिर जुविङ गएको थियो ।