रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमालेले मेयर, उपमेयर दुवैमा जित हासिल गरेको छ । मेयर पदका उम्मेदवार वासुदेव घिमिरेले १९०८४ मत ल्याए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामकृष्ण खाडले १६२६४ मत ल्याएका छन् ।
उपाध्यक्षमा एमालेकै जागेश्वरी चौधरी विजयी भएकी छन् । उनले १९२२४ मत ल्याइन् । प्रतिद्वन्द्वी राष्ट्रिय जनमुक्तिकी गीता सारुको १६००६ मत छ । यहाँ कांग्रेसले वडातहसम्म राट्रिय जनमुक्तिसित मोर्चाबन्दी गरेर चुनावी मैदानमा गएको थियो । रुपन्देहीको बीच भागमा रहेका आनन्दवन, शंकरनगर, मक्रहर, करहीया, गंगोलीया, टिकुलीगढ र मधौलिया गाविस मिलेर ३ वर्षअघि स्थापना भएको हो । १७ वडा रहेको तिलोत्तमामा ६० हजार ४ सय ४० मतदाता थिए । यसमा करिब ४७ हजारले मात्रै मत खसालेका थिए ।