“आकाश खसेपनि माओवादीमा फर्किन्न” :-नयाँ शक्ति संयोजक डा बाबुराम भट्टराई

“आकाश खसेपनि माओवादीमा फर्किन्न” :-नयाँ शक्ति संयोजक डा बाबुराम भट्टराई
राजनीति

नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफू पुनः माओवादीमा नफर्कने स्पष्ट पारेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी छाडेर गएकाहरु मूलधारमा नफर्के सिद्धिने चेतावनी दिइरहेका बेला भट्टराईले आकाश खसेपनि माओवादी नफर्किने बताएका हुन् ।

मंगलवार काठमाडौंमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा भट्टराईले भने आकाश खसोस, धर्ती भासियोस बैकल्पिक राजनीतिक धार बाहेकमा जीवन बर्बाध गर्ने छैन् । नयाँ र बैकल्पिक राजनीतिक धारबाहेक बाहिर गएर बाँकी जीवन बर्बाद गर्न चाहन्न ।

अत्यन्त शीघ्र विजय हुने लालसा पालना गर्ने र सफल नभए निराश हुन नहुने भट्टराईको तर्क छ । भट्टराईले अबको संसदीय चुनावमा नयाँ शक्तिको उपस्थिति बलियो हुने दाबी समेत गरे ।

यसैबीच, श्रमशक्ति पार्टीका उपाध्यक्ष लालबहादुर विकलाई भट्टराईले नयाँ शक्तिमा प्रवेश गराएका छन् ।

Post Comment