विदेशीको ईशारामा गरिएको बाम गठबन्धन टिक्दैन:- काँग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी

विदेशीको ईशारामा  गरिएको बाम गठबन्धन टिक्दैन:- काँग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी
राजनीति

नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले बृहत बाम एकता अस्वाभाविक र अप्राकृतिक रहेको बताएका छन् ।नेपाली काँग्रेस भक्तपुर नगर समितिले बिहीबार सूर्यविनायकमा आयोजना गरेको शुभकामना आदानप्रदान एबम चियापान कार्यक्रममा बोल्दै भण्डारीले वाम एकताको आधार समेत नभएको आरोप लगाएका हुन् ।

“माओवादी आफैमा छिन्न भिन्न छ, सिपी मैनाली, मोहन वैध, विप्लव समूहलाई एकतामा ल्याउन सकेको छैन”, उनले भने, “बृहत वाम एकताको कुनै आधार छैन, विदेशीको ईशारामा हतारिएर गरिएको अस्वाभाविक र अप्राकृतिक यो गठबन्धन टिक्दैन ।”बाम एकताले आगामी मंसिरमा हुने निर्वाचनमा लोकतन्त्रवादीलाई धक्का दिन सक्ने भन्दै भण्डारीले काँग्रेस यसतर्फ गम्भीर भएको बताए ।

कार्यक्रममा नेपाल तरुण दलका पूर्व अध्यक्ष विनोद कायस्थले अहिलेको जटिल परिस्थितिमा पार्टीले टिकट दिँदा पुराना र योगदान गरेका व्यक्तिको छनौट गरी टिकट बाड्नुपर्नेमा जोड दिँदै अन्यथा स्थानीय तहको निर्वाचन कै जस्तै परिणाम भोग्नुपर्ने बताए।

Post Comment