वाम गठबन्धनलाई जसरी पनि हराउने भन्दै कांग्रेसले यस्तो कडा कदम चाल्यो

वाम गठबन्धनलाई जसरी पनि हराउने भन्दै कांग्रेसले यस्तो कडा कदम चाल्यो
राजनीति

नेपाली कांग्रेसले प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूको निर्वाचन तोकिदिएको छ । एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन बनेका बेला नेपाली कांग्रेसले शीर्ष नेताहरूको निर्वाचन क्षेत्र तोकिदिएको हो । यी नेताहरूले वाम गठबन्धनलाई चुनौती दिने छन् । उनीहरूले वामपन्थीहरूलाई हराएर आफूले जसरी पनि जितेर आउने कसम लिएका छन् ।

प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरबाट प्रतिस्पर्धा गर्ने छन् । महामन्त्री डा.शशांक कोइराला, नवलपरासी १, वरिष्ठ नेता रामचन्द्र पौडेल– तनहुँ १, गोपालमान श्रेष्ठ – स्याङ्जा २, प्रकाशमान सिंह – काठमाडौं १, दीपक कुइँकेल – काठमाडौं २, अम्बिका बस्नेत – काठमाडौं ३, गगन थापा – काठमाडौं ४ बाट प्रतिस्पर्धा गर्ने कांग्रेसले जनाएको छ ।

डा।प्रकाशशरण महत – काठमाडौं ५, नवीन्द्रराज जोशी – काठमाडौं ८, ध्यानगोविन्द रञ्जित – काठमाडौं ९, राजेन्द्र जोशी – काठमाडौं १०, विजयकुमार गच्छदार – सुनसरी ३, ज्ञानेन्द्रबहादुर कार्की – सुनसरी ४, मीनबहादुर विश्वकर्मा – सुनसरी १, मीनेन्द्र रिजाल – मोरङ २, महेश आचार्य – मोरङ, डा.शेखर कोइराला – मोरङ ६, विश्वप्रकाश शर्मा – झापा १, आनन्दप्रसाद ढुंगाना – धनुुषा १, विमलेन्द्र निधि – धनुषा ३ बाट उम्मेदवार बन्ने भएका छन् ।

त्यसैगरी डा.रामशरण महत – नुवाकोट १, अर्जुन नरसिंह के.सी. – नुवाकोट २, पूर्णबहादुर खड्का – सुर्खेत १, रमेश लेखक – कञ्चनपुर ३ बाट प्रत्यक्षमा भिड्ने छन् ।

Post Comment