नेपाली कांग्रेसको भावी नेतृत्व र सम्भाव्य प्रधानमन्त्रीका दावेदारहरुले मुख खोलिरहेको बेला कतिपयले नेतृत्वका प्रबल दावेदार ठान्ने गरेका नेता रामचन्द्र पौडेल अहिले प्रदेश नम्बर ४ अन्तर्गत तनहुँको क्षेत्र नम्बर एकको चुनावी मैदानमा व्यस्त छन्।
२०४८ साल यता तनहुँबाट निरन्तर चुनाव लड्दै र जित्दै आएका पौडेललाई वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका कृष्णकुमार श्रेष्ठले चुनौती दिएका छन्।
पौडेलले वामपन्थी गठबन्धन एक ढिक्का भएर चुनावमा होमिएको बेला कांग्रेसले बनाउने भनेको लोकतान्त्रिक गठबन्धन फराकिलो हुन नसकेको प्रसंङ्ग कोट्याएका थिए।
त्यसप्रति आफ्नो धारणा राख्दै पौडेलले नेपाली कांग्रेससँग गठबन्धन गर्न कस्सिएका दलहरुले कांग्रेसकै पकड रहेका क्षेत्र रोजेपछि समस्या उत्पन्न भएको बताए।
के उनी पनि कांग्रेसको भावी नेतृत्वका दावेदार हुन्?
त्यो प्रश्नको जवाफमा उनले आफूले सिधै मुख खोल्न नचाहेको तर “देशको लागि केही योगदान गर्न आफू इच्छुक” रहेको बताए।
“त्यो कुरा हाम्रा कार्यकर्ताहरुको घाँटीसम्मै आइसकेको छ।”