नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुई दलका नेताहरुले सातबुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।
आज साँझ देखि नै पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको थियो ।
[youtube https://www.youtube.com/watch?v=a_NjADK1hhQ]
बैठकपछि बोल्दै एमाले महासचिव इश्वर पोखरेल र माओवादी नेता नारायणकाजी श्रेष्ठ
बैठकमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, पार्टीका नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहेका थिए।