ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय पाएर फरार रहेका अभियुक्त दीपक मनाङे (राजीव गुरुङ) अन्ततः पक्राउ परेका छन् ।
हिमाली जिल्ला मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित मनाङलाई सर्वाेच्च अदालतले गत माघमा ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि उनी फरार थिए ।
तत्कालीन पुनरावेदन अदालत पाटनले २०६९ सालमा मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडाैंबाट खटिएकाे टाेलीले मनाङेलार्इ पक्राउ गरेकाे हाे । मनाङेलार्इ काठमाडाैंबाटै पक्राउ गरिएकाे प्रहरी स्राेतकाे भनाइ छ ।