धानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारको कामकारवाहीको विषयलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाललको अभिव्यक्तिलाई तन्काउन आवश्यक नभएको बताएका छन् । वर्तमान सरकार पाँच बर्ष चल्ने र नेकपाको झन बलियो सरकार बन्ने उनको दाबी छ ।
संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीवार पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सरकारको लक्षण र गति सबैले महसुस गरेको बताए ।
‘कवि मनले कवितात्मक ढंगले केही कुरा भनिहालियो भने, त्यसैलाई समातेर कुद्न पर्ने केही छैन,’ उनले भने ।
यसअघि नेकपा नेता माधवकुमार नेपालको अभिव्यक्तिको विषयलाई लिएर नेकपा भित्र विबाद उत्पन्न भएको थियो