काठमाडौं, २९ भदौ । ‘गोरेटो अनि उस्तै छ, गल्ली तिमी कतै बदलियौकी’ गीतका गायक सुनिल बर्देवाको निधन भएको छ । गायक बर्देवाको महारजगंजस्थित टिचिङ अस्पतालमा मंगलबार साँझ ८ बजेर ४५ मिनेटमा उपचारको क्रममा निधन भएको हो । केहि समय अघिदेखि जन्डिसबाट ग्रसित बर्देवाले मंगलबार अचानक रगत वान्ता गरेपछि उनलाई टिचिङ अस्पतालमा भर्ना गरिएको थियो । वर्देवाको श्रीमतीको पनि दुई वर्षअघि निधन भएको थियो । उनका एक छोरी र एक छोरा छन् । वर्देवाले सन् १९९९ बाट आफ्ने सांगितीक यात्रा सुरु गरेका थिए ।