ओली प्रचण्डको शासन व्यवस्था सिध्याईदिने प्रकाण्डको चेतावनी

ओली प्रचण्डको शासन व्यवस्था सिध्याईदिने प्रकाण्डको चेतावनी
राजनीति

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्माले आफूहरुले चाँडै हतियार उठाउने र ओली प्रचण्डको शासन व्यवस्था सिध्याईदिने चेतावनी दिएका छन् ।

आइतबार प्राईम टाईम्स टेलिभिजनको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता प्रकाण्डले यस्तो बताएका हुन् । राज्यसँग जनताले न्याय माग्दा दमन भएपछि बाध्य भएर जनताले बन्दुक उठाउने उनको भनाई छ ।

विकासको झण्डा बोक्नको निम्ति एकपटक निर्णायक क्रान्तिको झण्डा बोक्न जरुरी रहेको उनको भनाई छ । आन्दोलन, परिवर्तन र क्रान्तिको झण्डाले मात्रै देशमा समृद्धि र विकास ल्याउने पनि विश्वकर्माको दाबी छ ।

तपाईहरुले अब गर्ने क्रान्तिको स्वरुप कस्तो हुन्छ ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,”हाम्रो क्रान्तिको स्वरुप यो देशको स्वाधिनता चाहाने सबै राष्टवादी शक्ति र व्यक्तिहरु, नेपालका सबै शोषित, पीडित जनताहरु समानतामूलक र न्यायमूलक सुनिश्चित भएको व्यवस्था र समाज निर्माण गर्न चाहने सबै नेपाली जनताहरुलाई एकतावद्ध गरेर गोलबन्द गर्ने र यो देशको दलाल पुँजीपती वर्ग र त्यो तत्व जो छ, जसले राष्ट र जनताको जीवनमा खेलवाड गरिरहेको छ । यसको अन्त्यको निम्ति गरिने टेबुल टक, त्यसको निम्ति गरिने मास मुभमेन्ट, आन्दोलन हुँदै अगाडि बढ्ने क्रान्ति नै हाम्रो तयारी छ ।”

जनआन्दोलनबाट समस्याको समाधान भएन भने के गर्नुहुन्छ भनेर सोधेको अर्को प्रश्नमा उनले भने,”आन्दोलन भयो र आन्दोलनलाई दमन गर्ने काम भयो भने त्यो दमनलाई काउन्टर गर्ने आन्दोलन हुन्छ । तर, हतियार जनताले उठाउँदैनन् । न्याय र समानतामूलक समाजको लागि जनताले आफ्नो आवाज उठाउँदा हतियार भएको राज्यले दमन गर्छ भने त्यो बेला त्यसको काउन्टर गर्नको लागि निम्ति जनताले बन्दुक उठाउँछन् ।”

आफूहरु बन्दुक उठाउने पक्षमा नभएको उनको स्पष्टोक्ति थियो । तर, यदि राज्यले बन्दुकबाट दमन गर्न खोजे आफूहरुले पनि त्यसको काउन्टरमा हतियार उठाउने चेतावनी उनले दिए ।

Post Comment