विवेकशिल साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उज्वल थापाको प्रतिवेदन विधि र प्रक्रिया मिचेर लेखिएको बताएका छन् । उनले सबैको सहमतिकै आधारमा पार्टी सञ्चालन गरिएको पनि बताए ।
शनिबार पत्रका सम्मलेलन गर्दै उनले ३२ बुँदे सम्झौता पत्र नै पार्टी सञ्चालनको मूल आधार भएको बताए । पार्टीमा हाल कार्यकारी अधिकार नै नभएकाले सोही सम्झौतामा आधारित रहेर पार्टी चलिरहेको उनले बताए ।
आफूहरु पनि यहि देशबाट बनेका र यहीँ निर्माण भएकाले समस्याहरु आउने उनले जनाए । ‘कुनै साथीहरु यसरी अनायासै छोडेर जानुहोला भन्ने हामीलाई लागेको थिएन ।’ उनले भने ।
‘एउटा हाम्रै साथीको रिसोर्ट छ । एक पटक सँगै बसेर चिया खाऊँ ।’ उनले भने ‘योजना पहिलेदेखि बनाउँथ्यौं । योजना सफल हुन सकेन ।’
तत्कालै अहिले नै औपचारिक रुपमा उज्वल थापा पक्षलाई नभेटेको उनले जानकारी दिए । तर औपचारिक संवादको बाटो कहिल्यै पनि बन्द नहुने उनले बताए ।