काठमाडौं, साउन २५ । नेकपा माओवादी केन्द्रले थप मन्त्रीको नाम चयन गरेको छ ।
सो पार्टीको भागमा परेका मन्त्रालयमा कुन व्यक्तिलाई पठाउने भन्ने विवादले उग्र रुप लिएपछि आज ५ जना मन्त्रीहरुलाई मन्त्रालयको जिम्मा दिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले प्रस्ताव बनाएको बालुवाटार स्रोतले जनाएको छ ।
स्रोतका अनुसार उर्जा मन्त्रीमा जनार्दन शर्मा, सूचना तथा सञ्चार मन्त्रीमा राम कार्की, कानुन मन्त्रीमा प्रभु शाह, संघीय मामिला तथा स्थानीय विकास मन्त्रीमा हितराज पाण्ड र शिक्षा मन्त्रीमा डीआर पौडेलाई पठाउने तयारी भएको हो ।
आज ३ बजेको हेटक्वारटर वैठकले अन्तिम रुप दिने स्रोतले जनाएको छ ।