छाया सरकारको अर्थमन्त्रीमा विनोद चौधरीको दाबी

छाया सरकारको अर्थमन्त्रीमा विनोद चौधरीको दाबी
राजनीति

नेकपा नेतृत्वको सरकारका हरेक मन्त्रालयको गतिविधिको निगरानी गर्न कांग्रेसले बनाउने भनेको छाया सरकारमा सांसद विनोद चौधरीदेखि उमेश श्रेष्ठसम्मले मन्त्रीको दाबी गरेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

पार्टीका ६३ सांसदलाई इच्छाएका तीनवटा मन्त्रालय प्राथमिकताअनुसार छान्न दिएकोमा व्यापारिक पृष्ठभूमिका चौधरी र श्रेष्ठले पनि छाया मन्त्रीमा दाबेदारी पेस गरेका हुन् । प्राथमिकतामा चौधरीले अर्थ, परराष्ट्र र उद्योग तथा वाणिज्य र श्रेष्ठले शिक्षा, ऊर्जा र पर्यटन मन्त्रालयमा दाबी गरेका छन् ।

२४ पुसमा बसेको कांग्रेस संसदीय दलको बैठकले छाया सरकार गठन गर्ने निर्णय गरेको थियो । तर, १४ दिनसम्म ६३ मध्ये २८ सांसदले मात्र छाया मन्त्रीका लागि दाबी प्रस्तुत गरेका छन् । पार्टी पदाधिकारी, पूर्वपदाधिकारी, पूर्वमन्त्री, उद्योगी र व्यापारी पृष्ठभूमिका सांसदले मन्त्रीमा इच्छा जनाएका छन् । कांग्रेसले संसदीय दलको कार्यालय सिंहदबार र संसद् भवन बानेश्वरमा छाया मन्त्रीका लागि नाम टिपाउन फारम राखेको छ ।

Post Comment