‘सरकारको विरोध गर्नुको अर्थ छैन’

‘सरकारको विरोध गर्नुको अर्थ छैन’
राजनीति

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश नम्बर–५ का इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले सरकारको विरोध गर्नुको कुनै अर्थ नभएको बताएका छन् ।

नेकपा बुटवल उपमहानगर कमिटीले मंगलबार बुटवलमा आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा उनले सरकारले काम गर्ने दौरानमा केही गल्ती नगरेको र सरकारविरोधीहरुले कुनै गल्ती नभेटाएर सरकारको विरोध गरेको बताए ।

अहिले कानुन निर्माणका लागि सरकारले समय खर्च गर्नुपरेकाले जनताले देख्ने गरी काम नभएको उनको भनाइ थियो ।

Post Comment