केपी ओली र जंगबहादुर एउटै : राजेन्द्र महतो

केपी ओली र जंगबहादुर एउटै : राजेन्द्र महतो
राजनीति

 राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जंगबहादुर राणासँग तुलना गर्दै सरकार निरंकुश बन्दै गएको आरोप लगाएका छन् ।

आइतबार राजधानीमा आयोजित अन्तर्क्रियामा महतोले समय सापेक्षित रुपमा संविधानमा संशोधन नभए विगतका संविधानजस्तै यो संविधान पनि जनताले पाखा लगाउने चेतावनी दिए ।

कार्यक्रममा कांग्रेस नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी ओलीको सिद्धान्त नै अहंमा टिकेको आरोप लगाए ।

लामो समयको द्वन्द्वपछि देशले सहजरुपमा शान्ति प्रक्रिया पूरा गर्नु तथा संविधान निर्माण हुनु ठुलो उपलब्धि भएको उनको भनाइ थियो ।

यस्तै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सरकारका गतिविधिबाट जनता असन्तुष्ट रहेको आरोप लगाए । जनताको अपेक्षा अनुरुप काम गर्न नसक्नु र भ्रष्टाचारको निरन्तरताले असन्तुष्टि बढाएको उनको ठम्याई थियो ।

Post Comment