‘नेपाली काँग्रेसको युग सकियो’ : बाबुराम भट्टराई

‘नेपाली काँग्रेसको युग सकियो’ : बाबुराम भट्टराई
राजनीति

समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले काँग्रेसलाई म्युजियममा सम्मान गरेर राख्नुपर्ने बताएका छन् ।

‘नेपाली काँग्रेसको युग सकियो, प्रजातन्त्र स्थापनामा उस्को ठुलो भूमिका रह्यो । अब काँग्रेसलाई म्युजियममा सम्मान गरेर राख्नुपर्छ,’ उनले भने । जनताको समृद्धि र विकास गर्ने पार्टीको रुपमा नयाँ पार्टी आएको उल्लेख गर्दै उनले थपें, ‘अब, समाजवादी पार्टीले यसको नेतृत्व गर्छ ।’

फरक प्रसंगमा नेता भट्टराईले केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ अघि बढेको आरोप लगाए । केपी शर्मा ओली नेतृत्वको सरकारलाई औल्याउँदै उनले भने, ‘उनीहरु नवसामन्त र महाराजा बनेका छन् । भ्रष्टाचार र कमिसनमा लिप्त छन्, नवधनाड्य बनेका छन् । जनताले विकल्पमा नयाँ राजनीतिक पार्टी खोजिरहेको छ ।’

कार्यक्रमको आयोजकमा नै समाजवादी पार्टी र प्रदेश नम्बर ४ तमुवान– मगरात राखिएको थियो । यसअघि संसदमा तत्कालिन नयाँ शक्तिले प्रदेशको नाम गण्डकी नभई तमुवान – मगरात राख्न सुझाव दिएको थियो ।

Post Comment