विप्लव समूहका आठ जना कार्यकर्ता पक्राउ

विप्लव समूहका आठ जना कार्यकर्ता पक्राउ
राजनीति

सिन्धुली । सिन्धुलीमा विद्यालयका शिक्षक अपहरणमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द विप्लव समूहका आठ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

दुई दिनअघि तीनपाटन गाउँपालिका-८ तिल्पुङ्गडाँडाको भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीलाई विद्यालयबाटै अपहरण गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये ७ जना पुरुषलाई फिक्कल गाउँपालिका-१ महादेवडाँडाबाट र एक जना महिलालाई तीनपाटन गाउँपालिका-८ लायोगाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

पक्राउ परेका उनीहरुको साथबाट पाँच थान सुतली बम, दुई वटा सकेट बम र आठ थान बम बनाउन प्रयोग गरिने सकेट बरामद गरिएको पनि उहाँले जानकारी दिनुभयो । पक्राउ परेकाहरुको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रधानाध्यापक भण्डारी भने लायोगाउँबाटै अपहरणमुक्त हुन भएको छ।

Post Comment