वडादशैंको टीकाको दिनको राशिफल

आजको राशिफल

२०७६ आश्विन २१ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ अक्टोबर ०८ तारिख,

भोलिको चाडपर्व र उत्सव : विजया दशमी

श्रवण नक्षत्र, बेलुका १०:३४ बजेसम्म, त्यसपछि धनिष्ठा नक्षत्र,

भोलिको वारवेला :–

रोग वारवेला : बिहान ०५:५९ देखि ०७:२७ सम्म, साँझ ०४:१४ देखि ०७:१३ सम्म र मध्यरात्रीपछि ०४:२७ देखि ०५:५९ सम्म

काल वारवेला : दिउँसो ०१:१८ देखि ०२:४६ सम्म र बेलुका ०७:१३ देखि ०८:४६ सम्म

लाभ वारवेला : बिहान १०:२३ देखि ११:५० सम्म र बेलुका ०८:४६ देखि १०:१८ सम्म

उद्वेग वारवेला : बिहान ०७:२७ देखि ०८:५५ सम्म र बेलुका १०:१८ देखि ११:५० सम्म

शुभ वारवेला : दिउँसो ०२:४६ देखि ०४:१३ सम्म र मध्यरात्रीपूर्व ११:५० देखि ०१:२३ सम्म

अमृत वारवेला : दिउँसो ११:५० देखि ०१:१८ सम्म र मध्यरात्रीपछि ०१:२३ देखि ०२:५५ सम्म

चर वारवेला : बिहान ०८:५५ देखि १०:२३ सम्म र मध्यरात्रीपछि ०२:५५ देखि ०४:२७ सम्म

भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा स्त्रीको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ हुन्छ तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने अमला वा सक्खर खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ

भोलिको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, ) –

भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ व्यापारमा फाइदा हुनेछ कीर्तिमानी काम गर्ने समय छ विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ नाम, दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिने छ

बृष (, , , , बा, बि, बु, बे, बो) –

परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ चिताएको काममा सफलता पाउनु हुनेछ रोकिएका काम सम्पादन हुनेछन् घरायसी सुखको अनुभूति हुनेछ साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ

मिथुन (का, कि, कु, , , , के, को, ) –

नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला सवारीमा सावधानी अपनाउनुहोला लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ स्वास्थ्य कमजोर रहनेछ हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

मन फुरुङ्ग हुनेछ हाँकेका ताकेका काममा सफलता मिल्नेछ विभिन्न अवसरको प्राप्ति हुनाले मन प्रसन्न रहनेछ सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिने छ मनग्ये धनलाभ हुनेछ व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुन सक्छ आम्दानी बढाउने काम सुरु गर्न सकिने छ व्यापारव्यवसायमा लाभ हुनेछ

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिन्छ अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ तर्क र बहसमा पकड भएकै दिन छ, त्यसैले मानसम्मानको रक्षा हुनेछ गरेका काममा देखिएका विघ्नबाधा हटाउन सकिने छ व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने छ

कन्या (टो, , पि, पु, , , , पे, पो) –

बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् विभिन्न उपहार प्राप्त हुने समय छ सहयोगीहरूले राम्रो साथ दिनेछन् रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ

तुला (, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आत्मबल दह्रो बनाउनु पर्छ, सोचेको काममा विजय प्राप्त हुनेछ विगतमा दिएको वचन पूरा गरिने छ कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्न गोपनीय बाटोमा हिंड्नु राम्रो हुनेछ पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ टाढिएका साथीभाइ नजिकिने छन् पारिवारिक भेटघाटको समय छ

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

दाजुभाइ र बन्धुबान्धवको काममा सहयोग लिन/दिन सकिने दिन छ उद्योग तथा बन्दव्यापारमा प्रशस्त फाइदा मिल्ने समय छ कमाएको धन सञ्चित हुनेछ वा पारमार्थिक काममा लगानी गरिने छ पुरानो समस्यालाई निराकरण गर्ने उपाय सुझ्ने छ घरायसी र दाम्पत्य सम्बन्ध अनुकूल रहने छ कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाफा आर्जन गर्न सकिने छ

धनु (ये, यो, , भि, भु, , फा, , भे) –

हठ गर्ने बानीले दुःख पाइएला तर धैर्यताका साथमा प्रयत्न गर्दा मनग्ये फाइदा उठाउन सकिने दिन पनि हो मनमा आलस्य र अल्छीपनको निवास हुनाले अवसरले पछ्याउँदा पनि तिनलाई उपयोग गर्न सकिंदैन प्रेम र मित्रताका लागि उचित भूमिका निर्वाह गर्न नसक्नाले तीतोपन बढ्ने सम्भावना छ मनपर्ने भौतिक साधन जोड्न मन लालायित हुनेछ

मकर (भो, , जि, खि, खु, खे, खो, गा, गि) –

पारिवारिक भेटघाटको समय छ विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला प्रतिष्ठित कामले आत्मविश्वास बढाउनेछ पठनपाठनमा प्रगति हुनेछ स्वादिष्ट भोजनको अवसर मिल्नेछ सहयोगीहरूले सकेको सहयोग गर्नेछन् शुभचिन्तकको दृष्टि पर्नाले ताकेको काममा सफलता आर्जन हुनेछ विभिन्न अवसरले पछ्याउने छन् उचित काममा सही निर्णय लिन सकिने छ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, ) –

सजग र सतर्क भई काम गर्नसके आजको दिन पनि लाभकारी बन्न सक्छ अरुको पछि लाग्नु भन्दा पनि आफ्नै सुझबुझ र परिश्रमको भर पर्नु राम्रो हुन्छ बिग्रन लागेको कामबाट पनि धेरथोर लाभ नै मिल्नेछ अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ कडा मिहिनेत र उचित सुझबुझका आधारमा प्रतिष्ठित काम गर्ने मौका छ

मीन (दि, दु, , , , दे, दो, , चि) –

मिहिनेत र लगनशीलताको खाँचो छ सरकारी वा प्रशासनिक काममा विलम्ब हुनेछ विभिन्न भौतिक साधनहरू जुटाउने इच्छा जागे पनि आर्थिक पक्ष बाधा बन्नेछ गरेका कामबाट भनेजति लाभ पाउन निकै खट्नु पर्नेछ व्यापारमा सामान्य फाइदा हुने नै दिन छ तर योजनाबद्ध भई काम गर्न सके समय उत्साहवद्र्धक रहेको छ

Post Comment