काठमाडाँै, १ पुस । नेपाली वाङ्मयको उत्थान र विकासका लागि केही गर्ने सोचका साथ विगत लामो समयदेखि वरिष्ठ साहित्यकर्मी, युवा प्रतिभाहरूलाई सम्मानित एवम् पुरस्कृत गर्दै आएको शमी साहित्य प्रतिष्ठानको प्रथम साधारणसभा यहाँ सम्पन्न भएको छ ।
साधारणसभाले प्रतिष्ठानको अध्यक्षमा साहित्यकार प्रदीप नेपाललाई प्रतिष्ठानको अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन गरेको छ ।यसैगरी उपाध्यक्षमा गीता केशरी, सचिवमा श्रीओम श्रेष्ठ रोदन, कोषाध्यक्षमा प्राडा कृष्णहरि बराल र सदस्यहरूमा अशेष मल्ल, जय छाङ्छा र सुमित्रा महर्जन डङ्गोललाई सर्वसम्मत चयन गरिएको छ ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष नेपालले प्रतिष्ठानले आज पनि विवादरहित रूपमा काम गर्दै आएकामा आगामी दिनमा पनि नेपाली वाङ्मयको उत्थानका लागि पृथक सोच र शैलीका साथ काम गर्दै जाने बताउनुभयो ।सो अवसरमा प्रतिष्ठानका संरक्षक डोलिन्द्रप्रसाद शर्मा, श्रीओम श्रेष्ठ रोदन, प्राडा चन्द्रा भद्रा, गीता केशरी, रामचन्द्र पाण्डे र विश्वविमोहन श्रेष्ठले बोल्नुभएको थियो । रासस