अरुणलाई नइ भूपालदुर्गा पुरस्कार

साहित्य

नइ प्रकाशनले आध्यात्मिक दर्शन, चिन्तन र जागरणमा सदैव समर्पित आनन्द अरुणलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

 प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको प्रकाशनको बैठकले ‘नइ चन्द्रधन पुरस्कार’ धर्म, संस्कृति र अन्वेषणमा योगदानका लागि प्रा डा वीणा पौडेललाई, नेपाली भाषामा कविताको स्तरीय सिर्जना गर्दै समालोचनाका माध्यमबाट समेत देशदेशान्तरमा नेपाली भाषाको गरिमा बढाएबापत वनारस हिन्दू विश्वविद्यालयका सहप्राध्यापक डा सञ्जय वान्तवालाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’ र राजधानी बाहिर बसेर नेपाली भाषासाहित्यको स्तरीय सिर्जनामा समर्पित झापाका तेजराज खतिवडालाई ‘नइ धनरुप पुरस्कार’ दिने निर्णय गरेको छ ।

त्यस्तै विदेशमा रहेर नेपाली भाषा र साहित्य सिर्जनामा समर्पित अमेरिकाका शरद निरौला र मञ्जु हाडा निरौलालाई संयुक्त रुपमा ‘नइ गणेशदुर्गा पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको प्रकाशनका सदस्यसचिव प्रकाशनका नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभयो । ताम्रपत्रसहित ती पुरस्कार जनही रु पचास हजार राशिको रहने छ । रासस

Post Comment