स्व भरतमणि आचार्य दीक्षितको संस्मरणात्मक कृति लोकार्पण

साहित्य

काठमाडौँ, १७ माघ । स्वर्गीय भरतमणि आचार्य दीक्षितद्वारा लिखित संस्मरणात्मक कृति ‘कति सम्झुँ कति बिर्सुँ’ कृतिको आज यहाँ लोकार्पण गरिएको छ ।  कृतिको लोकार्पण गर्दै वरिष्ठ पत्रकार मणिराज उपाध्यायले उक्त कृतिले नेपालको इतिहासलाई चित्रण गरेको बताउनुभयो ।

उहाँले कृति राणाशासनकालीन प्रतिबिम्वलाई समेटेर तयार पारिएको हुँदा जति पढ्यो उति पढुँ जस्तो लाग्ने बताउनुभयो । साहित्यकार डा यज्ञनाथ आचार्यले राणा प्रधानमन्त्री चन्द्रशमशेरको प्रधानमन्त्रीत्वकालमा घटेका घटनालाई चित्रण गरेकाले पुस्तक पठनीय भएको बताउनुभयो ।

ग्रेटर नेपालका संयोजक फणीन्द्र नेपालले राणाकालीन इतिहासलाई सामाजिक आधारमा व्याख्या गरेकोे बताउनुभयो ।  कमलमणि दीक्षितको अध्यक्षतामा भएको उक्त कार्यक्रममा डा दिनेशराज पन्त, डा केशव देवकोटा आदिले उक्त कृतिका बारेमा आआफ्नो धारणा राख्नुभएको थियो । कृति २२३ पृष्ठको रहेको छ । कृतिकार आचार्य दीक्षित विसं १९५० मा जन्मेर विसं २०२३ चैतमा निधन हुनु भएको थियो । रासस

Post Comment