सबैलाई ठुलै ओहदा चाहिए, बिना औकात नेतृत्व गराइए
आजकल नेता प्रशस्त पाइए , केहीका हातमा देश थमाइए ।
सानो यो देशमा हारालुछ गरिए , पदमा रहदा बिदेश चहारिए
राष्ट्रको ढुकुटी रित्तो नै पारिए , छोटै समयमा नेतृत्व सारिए ।
सभा सेमिनार बेफ्वांकमा गरिए, होटल रेष्टुरां प्रशस्तै भरिए
निमुखा जनताको पेट मारिए, नेताजी सबैका भुँडी भरिए ।।
निमुखा किसानका खेती लुटिए , निर्दोष जनता अकारण कुटिए
अकाल मै ताता गोलिमा भुटिए , राजनीतिका नाममा सोझा धुतिए ।
ममतामयीका मुटु नै चुंडिए, सृष्टिकर्ताका हृदय नै कुंडिए
अनाथ चेलीका सिन्दुर पुछिए , अवोध वालकका भविश्य लुछिए ।।
ईतिहास बोकेका महल भत्किए , गल्ती बिना नै जनता लत्किए
अन्यायको मारमा सबै तड्पिए , आफन्तजनहरु सबै भड्किए ।
सोझा जनता युध्दमा सारिए , सग्लो जिन्दगी अपाङ्ग पारिए
चुसिने जति सबै कालू भैदिए , चुस्नेहरु जति सबै ठालू भैदिए ।।