पुन:निर्माण थालौँ: टीका सुबेदी

साहित्य

गीत: पुननिर्माण थालौ

गितकार: टीका सुबेदी, सिन्धुपाल्चोक ।

चोटहरु दुखिरहेछ घाउ
आफै मार्ने संरचना अव नवनाउ।

भुकम्पको पीडाले कमजोर मन बनाउँदै
नवसौ कोही अव हामी पुर्पुरो समाउदै।

विपत्ती लाई चुनौति र अबसर सम्झिएर
नव निर्माण गर्न लागौ एक ढिक्का वनेर।

घर ढल्यो स्कुल ढल्यो, पायौ धेरै सास्ती
तर मन गल्या छैन उठौ सारा वस्ती।

भूकम्पले केही नहुने संरचना ठड्याउ
प्राविधिकको सल्लाह मागौ वलियो घर वनाउ।

सरकारी अनुदानको सदुपयोग गरौ
लक्ष्य एउटै मन एउटै पुननिर्माण थालौ।

Post Comment