“नयाँ वर्षको शुभकामना” – ज्योतिकुमार श्रेष्ठ

“नयाँ वर्षको शुभकामना”  – ज्योतिकुमार श्रेष्ठ
साहित्य

“नयाँ वर्षको शुभकामना”

नयाँ वर्ष, नयाँ नेपाल
उस्तै-उस्तै लाग्छ अचेल
क्यालेण्डर नयाँ, शब्द नयाँ
तर दैनिकी त उस्तै छ नि अचेल
शुभकामना र खुशीयाली – परम्परा धान्ने काम
तर, “नेता जति गाडीमा युवा सबै खाडीमा”
अहिले पनि त्यस्तै त छ नि !
भूकम्प पिडीतको पाल पुरानो
भ्रष्टाचारको ताल पुरानो
सत्ता तानातानको खेल पुरानो
रकमी र ठगहरुको झेल पुरानो
के छ नयाँ नेपालमा नयाँ कुरा ?
हौसला र उमंगको कुरा ?
आशा र भरोसाका कुरा ?
केवल क्यालेण्डर नयाँ, शब्द नयाँ ?
नयाँ नेपालमा केवल नाम नयाँ ?
तै “श्वास छउन्जेल आश” भन्छन्
विगतमा जे भयो-भयो
बितेको कुरा बितेरै गयो
हरेक बिहान पूर्वमा उदाउने घामको किरण
सबैको आड्०मा पुग्न सकोस्
जनता झुक्याउने ठगहरुको
घैंटोमा पनि घाम लागोस्
अबको वर्ष यस्तो होस्
फेरी एउटा आशा
फेरी एउटा उमड्०ग
र, विश्वास पलाओस्
उन्नति होस्; प्रगति होस्
ठूलो कुरा त सबैमा एकता होस्
नेपाल र नेपाली सबैको भलो होस्
नयां वर्ष २०७४ को शुभकामना !

Post Comment