नेपाली मूलका थपलिया विश्व प्रसिद्ध पत्रिका हफिंगटन पोस्टमा लेखक

समाज

पेशाले चिकित्सा बिज्ञानका बिद्यार्थी l अविरल रुपमा कलम चलाउन सौक तथा अभिरुचि भएका नेपाल धादिंग घर भै लामो समय देखि अमेरिकाको न्युयोर्कमा बस्दै आएका राजन थपलियाले बिश्व प्रसिद्ध पत्रिका हफिंगटन पोस्टमा लेखकको रुपमा प्रवेश गरेका छन् l

उनि सामाजिक संजालमा यत्र तत्र सर्बत्र छाएका छन l थपलियालाई अमेरिकामा चिनारीको आवस्यक नपर्ला l उनि असल तथा सफल लेखक पनि हुन् l कलम नघुमाई उनलाई खाना पनि पच्दैन l समय व्यवस्थापन गर्दै अध्ययन र लेख्न साईत जुराई हाल्छन l

नेपाली भाषामा भन्दा ज्यादा अंग्रेजी भाषामा राम्रो दखल भएको कारण उनि प्रतिष्ठित हफिंगटन पोस्टमा लेखकको हैसियतमा आफ्नो कार्य श्री गणेश गर्न थालेका छन् l गत मार्च २९ तारिखमा लेखक भै काम सुरु भए यता उनका ६ वटा लेख प्रकाशित भै सकेका छन l नेपाली राजनीतिमा नेतृत्व संकट भन्ने लेख पहिलो प्रकाशित भएको छ l

उनका लेख हफिंगटन पोस्टमा गै पढ्न सकिने छन् l अमेरिकामा बिश्व प्रसिद्ध संचार माध्यममा लेखकको रुपमा नेपाली मुलक नेपालीले प्रवेश पाउनु ठुलो कुरा मानिन्छ l र लेखक थपलिया नेपाल र नेपालीको लागी प्रेरणाको श्रोत बनेका छन l उनले बिदेशी माटोमा नेपालीहरुको प्रतिष्ठा वृद्धि गरि दिएका छन् l

हफिंगटन पोस्ट बिश्व कै अति लोकप्रिय तथा सशक्त संचार माध्यम हो । ईबिजएमबिए दर्जा अनुसार बिश्वको तेस्रो ठुलो संचार माध्यम भएको उल्लेख गरेको छ l काठमाडौंबाट प्रवेशिका परिक्षा उत्तिर्ण गरेपछि परिवारसंगै अमेरिका आएका थपलिया अमेरिकाको न्युयोर्क कलेज अफ पोडयाट्रिक मेडिसिनमा डाक्टर अफ पोडयाट्रिक मेडिशन डीपीएम ६ बर्षिय कोर्सको तेस्रो बर्षमा अध्ययन गरिरहेका छन् l

केहि समय अगाडी उनले आफ्नो नयाँ कृती “रिज्वाइस्:२” पुस्तक प्रकाशित गरेका थिए l अङ्रेजी भाषा मा कलम चलाउने थपलिया को रिज्वाइस्:२ १० औ कृती हो । नोभेम्बर २० मा सार्वजनिक गरिएको यो पुस्तक मा प्रेम जिबन र दर्शन को बेजोड प्रस्तुती रहेको छ l

Rejoice-2-by-Rajan-Thapaliya-650x482

३० बर्ष उमेर पनि नपुगेका नेपाली युवाको अमेरिकाका प्रख्यात प्रकाशन गृहले एक दर्जन पुस्तक प्रकाशन गरिसकेको छ । उनि कलम को साथै समाज सेवामा पनि त्यतिकै अभिरुचि राख्दछन l नेपालमागएको विनाशकारी भूकम्पको समयमा थपलियाले आफ्नो जन्मस्थान धादिङ र गोर्खामा आर्थिक सहयोग समेत गर्न चुकेनन् l

थपलिया कलम चलाउन रमाउछन l अमेरिकामा अध्ययन र व्यस्त जीवन भएता समय निकालेर लेखनलाई अगाडि बढाउने अभिरुचि भएको थपलियाले बताए l विश्व प्रख्यात संचार माध्यममा अवसर पाएकोले आफुले यो सुनौलो अवसर गुम्न नदिएको कारण लेखक भै काम सुरु गरेकोमा हर्ष लागेको थपलियाले बताए l

उनका तीन बर्षको अवधिमा करिब एक दर्जन पुस्तक बजारमा आइसकेको छ । सन् २०१४ मा प्रकाशित लाईफ लाइफ इज नट इजी भन्ने पुस्तकले अमेरिकी बजार तताएको थियो भने थपलियाका हालसम्म अंग्रेजी भाषमा द सिम्पल , टर्निड प्वाईन्ट , स्वीट स्पीच , लाईफ इज नट इजी ,र रिज्वाईस को दोस्रो संस्करण प्रकाशनमा आई सकेको छ l

थपलियाका पुस्तक अमेरिकाको हावर्ड यूनिर्भसिटी, कोलम्बिया यूनिर्भसिटी, पेस युनिर्भसिटी, फ्रीडम युनिर्भसिटी, मर्सी कलेजका लाइब्रेरीमा समेत पाउन सकिन्छ । सानो उमेरमा नै अमेरिकाको विश्व बिद्यालयबाट थुप्रै पटक उत्कृष्ट विद्यार्थीको पुरस्कार प्राप्त पनि गरेका छन् l

यसको साथै रिज्वाईस कविताको सात अंक एकै पटक प्रकाशित गरी गिनिज विश्व पुस्तकमा नाम लेखाउने दाउँमा थपलिया छन l

 

Post Comment