कन्चनपुरमा फेरि ४० राउण्ड गोलि चल्यो , महिला माथि चरम दुर्व्यवहार

कन्चनपुरमा फेरि ४० राउण्ड गोलि चल्यो ,  महिला माथि चरम दुर्व्यवहार
समाज

हिजो नेपाली नागरिक गोविन्द गौतमको गोली हानेर हत्या गरेको भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले कञ्चनपुरको पुनर्वासमा शुक्रबार अपराह्न फेरि नेपालीमाथि गोली चलाएको छ ।

शुक्रबार अपरान्ह एसएसबीले नेपालीमाथि ४० पटकभन्दा बढी राउन्ड हवाई फायर गरेको हो । घटनास्थलमा तीन हजार भन्दा बढी नेपाली जनता राष्ट्रिय झण्डा बोकेर उपस्थिती छन् ।

आज विहान घाँस काट्न भारतीय भूमि गएका (उनीहरु सधै त्यहाँ घाँस काट्न जान्थे) चार महिलालाई भारतीय पक्षले नांगै पारेर नेपाल फर्काएपछि पुनर्वासस्थित आनन्दबजारमा थप तनाव बढेको छ । महिलामाथि भारतीय पक्षले गरेको दुर्व्यवहारविरुद्ध प्रतिकारमा उत्रिदा एसएसबीले आजपनि हवाई फायर गरेको हो ।

विहान पारी गएर घाँस काटिरहेका बेला भारतीय पक्षले उनीहरुका शरीरका सबै कपडा च्यातेर नांगै बनाई फिर्ता पठाएका थिए । वारी आइसकेपछि केही महिलाले देखेर उनीहरुलाई आफ्नो कपडा लगाइदिएर घर ल्याएका थिए ।

महिलालाई नाङ्गै बनाउने र नेपालीमाथि आक्रमण नरोकिदासमेत नेपाली सुरक्षाकर्मी मूकदर्शक बनेको भन्दै स्थानीयबासी आक्रोशित बनेका छन् ।

यसैबीच कैलालीसँग जोडिएको गौरीफन्टा नाकामा नेपाल र भारतका अधिकारी (सिडिओ) स्तरमा वार्ता भइरहेको छ ।

Post Comment