राज्यविरुद्ध सङ्गठित अपराध मुद्दामा पक्राउ परेका चन्द्रकान्त राउत सिके राउतलाई थप १० दिन थुनामा राखिएको छ । स्वतन्त्र मधेस गठबन्धनका संयोजक राउतलाई सिरहा अदालतले शुक्रबार पाँचौँ पटक थप १० दिन थुनामा राख्न आदेश दिएको छ ।
गत माघ ५ गते सिरहाको लहानमा आयोजित सभामा देश टुक्र्याउने अभिव्यक्ति दिएको आरोपमा धनुषाको जनकपुरबाट पक्राउ परेका राउतलाई पहिलोपटक गत माघ २१ गते १० दिनसम्म थुनामा राख्न आदेश दिएको थियो ।
यसअघि, सिरहा जिल्ला अदालतले दोस्रोपटक फागुन १ गते १० दिन, तेस्रो पटक फागुन ११ गते १० दिन र चौथोपटक फागुन २१ मा २० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।