पोखरा, १८ माघ । सहारा क्लब पोखराको आयोजना तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा यही माघ २० देखि फागुन २ गतेसम्म पोखरा रङ्गशालामा हुने तेह्रौं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लब, विभागीय टोली र विदेशी गरी १२ टोलीको सहभागिता रहनेछ ।
प्रतियोगितामा रु ९५ लाख ९७ हजार आम्दानी तथा रु ७३ लाख ३४ हजार १०० खर्च हुने अनुमान गरिएको र बचत भएको रकमबाट सहारा एकेडेमी सञ्चालनार्थ खर्च गरिने बताइएको छ । रासस