यसरी जल्यो सांसदको पसल देखि बाणिज्य बैंक , आगो अझै नियन्त्रण बाहिर

यसरी जल्यो सांसदको पसल देखि बाणिज्य बैंक , आगो अझै नियन्त्रण बाहिर
समाज

डोटी सदरमुकाम दिपायलस्थित पिपल्ला बजारमा भीषण अगालागी भएको छ ।

दिपायल बजारको बीचमा रहेको जीबी आयल स्टोरबाट सल्किएको आगोले विकराल रुप लिई नियन्त्रण बाहिर गएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी विजय भट्टका अनुसार अहिलेसम्म ६ वटा पसल जलेर नष्ट भइसकेका छन् । २ वटा मोटरसाइकल पिन जलेका छन् । पम्पमा रहेका पेट्रोलिय ड्रमहरु पड्किरहेकाले आगो अझै नियन्त्रणमा आएको छैन ।

दिपायल नगरपालिकाको दमकल बिग्रिएका कारण डडेल्धुराको अमरगढी नगरपालिकाको दमकल बोलाइएको छ । तर, आइपुग्न अझै २ घण्टा लाग्ने भएकाले आगो थप फैलिने अनुमान गरिएको छ ।

आगो नियनत्रण्का लागि स्थानीय र प्रहरी खटिएका छन् । तर, आगो फैलँदै गएको छ । आगलागीका कारण पम्प सँगैको राष्ट्रिय बाणिज्य बैंकमा पनि आगो सल्किएको छ । आगलाागीका कारण अहिलेसम्म मानवीय क्षति भएको छैन ।

सांसद कल्पना सोभको सुनचाँदी पसलमा पनि आगो सल्केको छ । आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीको भनाई छ ।

Post Comment