पत्रकार कोइरालाले तीन बर्षदेखि लगातार बालिका बलात्कार गरिरहेको पुष्टि

पत्रकार कोइरालाले  तीन बर्षदेखि लगातार बालिका बलात्कार गरिरहेको पुष्टि
समाज

पत्रकार केदार कोइरालाले १५ बर्षिया बालिकालाई तीन बर्षदेखि लगातर बलात्कार गरिरहेको पुष्टि भएको छ । आफ्नै घरमा काम गर्ने बालिकालाई उनले तीन बर्षदेखि लगातार बलात्कार गरिरहेको पुष्टि भएको हो । बलात्कार गरेको अरोपमा पत्रकार कोइराला पक्राउ परि सकेका छन् ।

काठमाडौं महानगरपालिका ३१ ओम शान्ति चोकमा बस्ने ४५ वर्षीय केदार कोइरालालाई १३ जेठमा प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि आफ्नै घरमा काम गरी बस्ने १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेको छ । उनले अन्तिम पटक फागुन ११ गते बिहान साढे ११ बजे कोही नभएका बेला बालिकामाथि बलात्कार गरेका थिए ।

त्यही बलात्कारबाट बालिका गर्भवति भएपछि त्यसको तीन महिनापछि मात्रै घटना बाहिर आएको हो । प्रहरीको अनुसन्धानबाट पुष्टि भएकाले अब कारवाहीको प्रक्रिया अगाडी बढ्ने स्रोतले बताएको छ । १० कक्षामा अध्यनरत छात्राका भाईले स्कूलमा जानकारी गराएपछि घटना बाहिर आएको हो । पीडित बालिकाले आफ्ना नातेदार र सिविन नामक संस्थामार्फत महानगरीय प्रहरी बृत्त बानेश्वरमा जाहेरी दरखास्त दिएपछि कोइरालालाई पक्राउ गरिएको हो ।

बालिकाले बयानका क्रममा उनले सुरुमा जर्बजस्ती गरेको र पछि त्रासमा राखेर लगातार गर्ने गरेको प्रहरीलाई बयान दिएकी छन् । ‘कोइरालाले बलात्कार गरेको सबै अनुसन्धानबाट पुष्टि भएको छ’ एक प्रहरीका अधिकारीले नेपालपाटीलाई भने, ‘अब कानुन अनुसार कारवाही प्रक्रिया अगाडी बढ्छ । अदालतको आदेशसँगै उनी जेल जाने निश्चित छ ।’

Post Comment