ट्रिपरले किचेर मजदुरको मृत्यु

ट्रिपरले किचेर मजदुरको मृत्यु
समाज

माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको बुधबार सवारी दुर्घटनामा परि मृत्यु भएको छ । लामाबगरबाट सिंगटीतर्फ आउँदै गरेको सिनोहाइड्रो कम्पनिको टिपरले ठक्कर दिँदा माथिल्लो तामाकोसी आयोजनामा कार्यरत फ्याफुल्ला कम्पनिका साइड इन्चार्ज समेत रहेका सिन्धुपाल्चोक लामोसाँगु निवासी बिएल भट्टरार्इको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना पछि मृतकको शव चरिकोट ल्याउन लाग्दा स्थानिय र अन्य मजदुरले लामाबगरको जगतबाट शव बोकेको गाडि घटनास्थलमा नै फिर्ता गरेपनि प्रहरीले जबर्जस्ती सदरमुकाम ल्याएको स्थानियको आरोप छ ।

घटना सुनियोजित भएको भन्दै मृतकका आफन्त र स्थानियले तत्काल छानविन गर्न माग गरेपनि प्रहरीले बल प्रयोग गरी मृतकको शव सदरमुकाम चरिकोट ल्याएको मजदुरहरुले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख रामेश्वर कार्कीले भने, ‘भट्टराईको निधन टिपर दुर्घटनाबाटै भएको हाे ।’ उनले थप विवरण पोष्ट मार्टमपछि आउने भन्दै शंका नगर्न आग्रह गरेका छन् ।

Post Comment