दंगा भड्काएको आरोपमा नेपाली युवालाई भारतीय पुलिसले पक्रियो

दंगा भड्काएको आरोपमा नेपाली युवालाई भारतीय पुलिसले पक्रियो
समाज

भारत सिलिगुडी प्रहरीले दंगा भड्काएको आरोपमा इलामका एक युवालाई पक्राउ गरेको छ । जिल्लाको सूर्योदय नगरपालिका फिक्कलका ३५ वर्षीय उदयहाङ फागोलाई मंगलबार बेलुका पक्राउ गरेको हो । पक्राउ परेका फागो आमा गंगामायाको उपचारका लागि भारत गएको पारिवारिक स्रोतले जनाएको छ ।
फागोलाई प्रहरीले सिलिगुडी नजिकैको सालवारीस्थित डनवस्को स्कुल परिसरबाट पक्राउ गरेको थियो । परिवारका अनुसार गोर्खाल्याण्ड आन्दोलनमा फागोको कुनै संलग्नता छैन । निर्दोष व्यक्तिलाई बिना कारण पक्राउ गरिएको पारिवारिक स्रोतले बताएको छ ।
फागोलाई सिलिगुडी अदालत पेस गरी अनुसन्धानका लागि १२ दिन प्रहरी हिरासतमा राखिने प्रहरीले जनाएको छ । फागोसँगै पक्राउ परेका सालवारी निवासी नितिन क्षेत्री भने गोर्खा जनमुक्ति मोर्चाका सुकुना क्षेत्रका सचिव हुन् । यसैबिच फागोको रिहाईका लागि जिल्ला प्रशासन कार्यालय मार्फत पहल थालेको कार्यलयले बताइएको छ ।

Post Comment