युएस नेपाल न्यु । माजिक संजालको सदुपयोग गर्दै जन्मभुमिलाई, सहि गाउका युवाहरु द्वारा प्रतीक्षालय उपहार । गुल्मी जिल्ला,धुर्कोट गाउँपालिका वडा नं.२ पिपलधारा उदिना बाट प्रदेशिएका युवाहरूले सामाजिक संजाल फेसबुक ,ह्वाट एप मार्फत सन्चालन गरियको “हाम्रो जनजागरण उदिना बिश्व संजाल गुल्मी” , गाउँ उदिना को पुर्बी दक्षिण भागमा छिमेकी जिल्ला अर्घाखाँची तथा घुर्कोट गाउँ पालिकालाई जोड्ने मोटरबाटो को पश्चिम् छेउमै निर्माण भयको प्रतीक्षालय संस्थाका उपाध्यक्ष श्री रबिन महतको सभापतित्वमा केन्द्रिय सल्लाहकार बिस्नु बहादुर खत्री,केन्द्रिय कोषाध्क्ष दिपक बस्नेत ज्यु, मलेसिया संयोजक चन्द्र थापा ज्यु लगायत गाउँका सम्पुर्ण मान्यजनको उपस्थितिमा मिति २०७४-माघ, २७ गते सनिवार समुद्घाट्न गरि उदिना गाउँबासीलाई हस्तान्तरण गरियको छ । प्रतीक्षालय को कुल लागत रु. २,५०,०००/- रहेको कोषाध्क्ष ले जानकारी गराउनु भएको छ । बिशेश गरि आवतजावतको क्रममा यात्रा गर्ने यात्रु तथा गाउँबासीहरुको आवस्यकता लाई ध्यानमा राख्दै बिदेशबाट संचालित संस्था, स्थानीय गाउँ बासी तथा सहयोगी मन हरूको अर्थिक सहयोगमा मंसिर महिना पहिलो साताबाट काम सुरु भइ माघ महिनाको अन्तिम सातामा भवन निर्माण सम्पन्न भएको निर्माण समितिका सम्योजक श्री कृष्ण बहादुर खत्री ले जानकारी दिनु भएको थियोे । उद्घाटन समारोहमा संस्थाका अध्यक्ष श्री कमल आर. बस्नेत ज्युले बिदेशी भुमी दुबइ बाट अन्लाईन अडियो मार्फत निकै मार्मिक सम्बोधन गर्दै संस्थाले अहिले सम्म गरेका काम साथै प्रतीक्षालय निर्माणमा सहयोग गर्नुहुने सम्पुर्ण महानुभावलाई धन्यवाद ज्ञापन र उपयोग र संरक्षणको जिम्मा समग्र गाउँबासीको भयकोले प्रतीक्षालयको नाम” सझा प्रतीक्षालय उदिना” राखियको बताउनु भयको थियो ।
गाउँबाट बिदेशीयका युवा हरु संङ्गठित भयर स्थापना गरिएको संस्था “हाम्रो जनजागरण उदिना बिश्व संजाल गुल्मी”ले फेसबुक पेज मार्फत सङ्कलित आर्थिक सहयोग लाई प्रचारप्रसार गरि अभियान सन्चालन गरियको संस्थाका संगठन बिस्तार प्रमुख प्रकाश के.सी. ज्युले बताउनु भयो। कार्यक्रममा सहयोगी दाताहरु लाई प्रमाणपत्र, चौरासी पुजा गरिसक्नु भयका जेष्ठ नागरिकलाई संमान पत्र, गाउँको कला सस्कृती जगेर्ना गर्ने स्थानीय समाजसेवीहरुलाई सम्मान पत्र र गाउँमा रहेको श्री सरस्वती प्रा. बि. लाई सल्लाहकार कृष्ण महतले एक ह्वाइट बोर्ड र संस्थाले तीन कुल चार ह्वाइट बोर्ड लगायतको सामाग्री बिधालयकि शिक्षिका श्रीदेबि खनालको उपस्थितिमा बितरण गरियको जानकारी सचीव नारायण थापाले गराउनु भयो।
प्रतीक्षालय निर्माणको लागी सहयोग सङ्कलन गाउँ देखि बिदेसमा रहनुहुने गाउले महानुभाब हरु:- जस्तैः भारत,मलेसिया ,साउदी अरेबिया ,दुबई , कतार,जापान, क्यानडा, अमेरिका लगायत देश बाट सहयोग प्राप्त भयको थियो।
बिगतमा संस्थाले भैपरी आउदा गाउँ तथा गाउँ देखी बाहिर पनि आर्थिक लगायतको सहयोग गर्नका साथै गाउँको नजिकै सुपादेउराली माताको मन्दिरमा प्रसाद ग्रहण भवन, युवाहरुको लागि खेल मैदान बिस्तार गर्दै बालबालिकाहरु लाई खेल सामग्री बितरण गरेको र आगामी दिनहरुमा अझै रचनात्मक ,सकारात्मक तथा सृजनसील काम गर्ने बहराइन स्थित संस्थाका सल्लाहकार लोक दोहोरी गायक श्री अशिम महत ज्युले बताउनु भयो।
नोट : उक्त कार्यको निम्ति ३ लाख ५० हजारको हाराहारी मा सहयोग संकलन भएको केहि रकम आउन बाकी र अन्दाजी ५० देखी ७५ हजार सम्म संस्थाको बैंक खातामा बचत रहने अनुमान गरिएको छ ।