अमेरिकाबाट ल्याएर सस्तोमा कार बिक्रि गर्ने भन्दै ठगी गर्दै आएका एक युवक पक्राउ परेका छन्। फाइडलिटी अटो स्टोरेज एण्ड लजिष्टिक नामक वेभसाइडमार्फत ठगी गर्दै आएका सिन्धुपाल्चोक घर भई माकलबारी बस्ने ४४ वर्षिय दिलिप बज्र सिंह लामालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पक्राउ गरेको हो।
उनले सस्तोमा कार बेच्ने भन्दै बैंकमा एडभान्स जम्मा गर्न लगाउने र पैसा लिएपछि सम्पर्कविहिन हुने गरको थिए। उनी बिट क्वाइन कारोबारी समेत भएको अनुसन्धानबाट खुलेको सिआईबीका एसपी बुद्धिसिंह गुरुङले बताए।
उनी बैदेशिक रोजगारीका लागि मलेसिया जाँदा बिट क्वाइनको कारोबार सुरु गरेका थिए। उनले ३० लाख भन्दा धेरै ठगी गरेको प्रहरीमा उजुरी परेको छ।
केही पैसा बिट क्वाइनमार्फत आतुल पाटील नामक व्यक्तिलाई पठाएका थिए।